Aamsanchar

दोहोरो अंकले घट्यो सेयर कारोबार मापक नेप्से परिसूचक

Author Image
बिहिवार, असोज २२, २०७७

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंक भन्दा माथि पुगेको थियो ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम राम्रै भएको छ । दिनभर भएका १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सेयर बजारमा कारोबार हुने ३ उपसमूह बाहेक सबै उपसमूह राताम्मे देखिएका छन् । अन्य उपसमूहरुहरु घटे पनिक फाइनान्स ३१ दशमलव ७२ अंकले बढेको छ । यसैगरै माइक्रोफाइनान्स ०.८५ अंकले र म्युचुअल फण्ड ०.०२ अंकले बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१