Aamsanchar

दशै तथा संरक्षण भत्ता लिएर घर दैलो अभियानमा सहारा नेपाल (साकोस) लक्ष्मीपुर सेवाकेन्द्र

Author Image
बिहिवार, असोज २२, २०७७

चारपाने । झापाको अर्जुनधारा–५ लक्ष्मीपुर स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रले ५७ जनालाई दशै तथा संरक्षण भत्ता वितरण गरेको छ ।
संस्थामा आवद्ध जेष्ठ, असक्त र अपाङगता भएका शेयर सदस्यहरुलाई बिहिबार घर दैलो कार्यक्रम गर्दै भक्ता वितरण कार्य सुरु गरेको हो ।  

विगतको बर्षमा सामुहिक रुपमा भेला गराएर दशैको शुभकामना आदन प्रदान रमाईलो महोलका बितरण गरिदै आएको यस बर्ष कोरोना संक्रमले सृजना गरेको परिस्थतीलाई मध्येनजर गरेर घर घरमा पुगेर भत्ता वितरण गरिएको कार्यक्रमको औचित्यमाथी प्रकास पार्दै  लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीलाई बताए ।

एकल महिला ३८ जना, जेष्ठ नागरिक २ जना, पोषण भत्ता अन्तरगत १२ जना एकल पुरुष ३ जनार अपाङगता भएका २ जनालाई भक्ता वितरण गरिसक्ने सेवा केन्द्र प्रमुख भारतीले जानकारी दिए ।

‘लक्ष्मीपुर सेवा केन्द्रबाट मात्र ४ लाख ३० हजार वितरण गर्ने तयारी भएको छ । जसमा एकल महिलालाई जनही ८ हजार, जेष्ठ नागरिकलाई ८ हजार पोषण भत्ता ६ हजार एकल पुरष ६ हजार र अपाङगता भएका सदस्यलाई जनही १० हजारका दरले नगद वितरण गरिन सुरु भएको छ, यस बर्ष संस्थाले सबै सेवाकेन्द्र मार्फत ५२ लाख रुपैया सामाजिक उत्तरदायित्व अन्तरगत भत्ता वापत वितरण गर्ने’ सहारा नेपाल साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए ।

भत्ता वितरण घरदैलो कार्यक्रममा लक्ष्मीपुर सेवाकेन्द्र सहयोग समिति संयोजक केदार शमशेर गिरी, सहयोग समिति सदस्य टोमकुमारी ओझा, दिव्यश्वरा उप्रेती, सहयोग समिति एकाई संयोजक तेजकुमार गिरी, सिताराम अधिकारी, वीरबहादुर चौहान लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सेवाकेन्द्रका खगेन्द्र निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१