Aamsanchar

संखुवासभामा एक महिलाको हत्या

Author Image
शुक्रवार, असोज २३, २०७७

संखुवासभा – खाँदबारी नगरपालिका–६ तल्लो पांठामा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो। चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका २० वर्षीय रेशम दियालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए। गोमादेवी केही वर्षदेखि स्थानीय अर्जुन भण्डारीको घरमा बस्दै आएकी थिइन्।

घरमा कोही भएको समय चौलागाई हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। बिहीबार दिउँसो गोमादेवी र रेशमको सामान्य विवाद भएको र साँझमा पनि विवाद भएपछि रेशमले लाठी र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। घटनामा संलग्न भएको आशंकामा मुल गाउँकै केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर