Aamsanchar

फेरी बढ्यो सुन-चाँदीको भाउ

Author Image
आइतवार, असोज २५, २०७७

काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर