Aamsanchar

अनेकौं काममा असफल बनेका झापाका दुई युवा, कृषि कर्ममा सफल बन्दै

Author Image
आइतवार, असोज २५, २०७७

लकडाउनले धेरैलाई रोजगारी परिवर्तन गर्न बाध्य बनाई दिएको छ । खासगरी शिक्षा क्षेत्र नराम्रो गरि प्रभावित बनेको छ । त्यस्तै अन्य धेरै पेशा क्षेत्रमा उतार चढाब आएको छ । कतिपय रोजगारीमा आएको मन्धिलाई आफ्नो कर्मलाई दोष देखाएर त्यसै बसी रहेका छन् भने कतिले संसारमा परेको एक प्रकोप हो अब निरास भएर होईन नयाँ अबसर ठानेर पेशालाई रुपान्तरित गर्ने सुवर्ण अवसर मिलेको महसुस गरेर बिभिन्न वैकल्पिक कर्म गर्न तर्फ लागेका छन् । त्यस्तै गत चैत्र महिनाबाट लकडाउन सुरु भएपछि झापा गाउँपालिका पूर्व शिक्षक प्रेमप्रसाद सिटौला र पूर्व निर्माण व्यवसायी शनित राई यतीबेला कृषि कर्ममा रमाई रहेका छन् ।

यि दुई युवाले गाउँमा अलरिएर हिड्नु परेको छैन । उनिहरुले रोजेको फरक कामले स्वरोजगार त बन्ने अबसर प्राप्त गरे त्यो संगै आत्म सन्तुन्ष्टि पनि लिईरहेका छन् ।
लकडाउन हुनु अघि सिटौला स्थानिय एक विद्यालय संचालन गर्दै शैक्षिक क्षेत्रमा आवद्ध थिए उनको स्थाई बसोबास भने झापा गाउँपालिका वडा नं. ७ मा रहेको छ । त्यस्तै अर्का संचालक झापा गाउँपालिका शरणामती घर भएका राई भने निर्माण क्षेत्रमा क्रियाशिल थिए । दुवैजना स्थानिय स्तरमा अब्बल कर्मशिल युवाहरुको रुपमा परिचित व्यक्तिहुन् ।

उनिहरुले यतीवेला बगरलाई उर्भर भुमीमा परिणत गरिरहेका छन् । झापा गाउँपालिका वडा नं. २ सिमलबाडी टप्पु स्थित प्रेरस पशुपंक्षी पालन तथा अर्गानिक कृषि फर्मलाई गत जेठ महिनाबाट संचालनमा ल्याएका पछि सो बलौटे जमिन उर्भर उब्जाउ र हराभरा बन्दै गएको छ ।
विदेशमा गएर पसिना बगाउनु भन्दा श्रम गरेर आफ्नै भूमीलाई रगत पसिना द्वारा सिन्चित गर्नुपर्छ भनेर साढे ६ बिघा जमिन भाडाँमा लिएर सुरु गरेको कृषि फर्म एक हेर्न र सिक्ने थलोको रुपमा स्थापित बनेको छ । हाल सम्ममा ४० लाख लगानी गरिसकेको संचालक अध्यक्ष प्रेम सिटौलाले बताए ।

फर्मको अवस्था यस्तो छ
दुई बिघा भन्दा धेरै क्षेत्रफलमा रेडलेडी जातको मेवा रोपिएको छ, यतीवेला मेवा फूल्न थालेको छ, रोपेको १३ महिना भित्रमा उत्पानद दिईसक्ने रेडलेडी मेवा १५ सय भन्दा धेरै बोट रहेका छन् ।
फर्ममा २७ वटा राँगा, खसीबाख्रा ३०, हाँस १ सय पचास, १ सय ३० वटा लोकल कुखुराले आयश्रोत दिने अवस्थामा पुगेको छ । माछा पालन पनि गरिएको छ ठुलो एकवटा पोखरीमा १८ हजार माछा हालिएको छ, माछा हुर्कने क्रम सन्तोसजनक रहेको र अब निकट दिनमा अरु दुईवटा पाखेरी खन्ने योजना बनाएको संचालक शनित राई बताउछन् ।

आफ्नै ठाउँमा केही गरौ. भनेर युवा जोसजागरलाई कृषि क्षेत्रमा समाहित गरेका यि जस्ता धेरै युवाहरुलाई सरकारले सहयोग गर्न आवस्यक छ । सहर बजारमा नेता कार्यकर्ताले कृषि फर्मको नाममा लिएको अनुदान बालुवामा पानि बनिरहेको अवस्था छ, गाउँमा लगनशिल बनेर कृषिमा आफ्ना हातका नङग्रा ख्याउनेहरुलाई सरकारले देख्न नसक्नुले आफूहरु कहिलेकाँही निरास हुने गरेको बताउदै एक दिन ‘पक्कै सरकारले हाम्रो कामलाई प्रशंषा, सहयोग गर्ने छ’ त्यसका लागि निरन्तर कर्ममा लागि हेर्नुपर्ने बताउछन फर्म संचालक द्वय ।

वास्तविक कथा (भिडियो हेर्नुहोस्)

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाममा चियाको पहिलो टिपाइ सुरु
बिहिवार, फागुन २८, २०८२
झापामा चैते धान लगाउन सुरु
आइतवार, फागुन २४, २०८२