Aamsanchar

२४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि , २२ जनाको मृत्यु

Author Image
आइतवार, असोज २५, २०७७

काठमाडौं – बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। आइतबार देशभर १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १५ सय ५२ छ। संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए। त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार ६ सय ६६ जना रहेको छ।

थप २२ जनाको मृत्यु

यस्तैकोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ५५२ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर