Aamsanchar

नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन ग्यास उत्पादक संघको आग्रह

Author Image
सोमवार, असोज २६, २०७७

काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ ।

यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो । यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यस किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर