Aamsanchar

कोरोना भाइरस नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने वैज्ञानिकहरूको दाबी

Author Image
सोमवार, असोज २६, २०७७

काठमाडौ । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएको बीबीसीले जनाएको छ ।  सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट आउने परावैजनिक किरण (अल्ट्र भ्वालेट)ले भने कोराना भाइरसलाई मार्न सक्कने तथ्य यस अघि नै बाहिर ल्याइएको थियो ।

केही वैज्ञानिकले भने यस्तो सतहमा रहेका भाइरसबाट मानिसको वास्तविक जीवनमा पर्न सक्ने जोखिमप्रति भने शंका व्यक्त गरेका छन् । कोरोना भाइरस धेरैजसो मानिसले खोक्दा, हाच्छिउँ गर्दा र कुरा गर्दा सर्ने गर्छ । विगतमा प्रयोगशालाहरुमा गरिएको अध्ययनले बैंक नोटमा दुईतीन दिनसम्म, स्टिल र प्लास्टिकमा छ दिनसम्म कोरोना भाइरस जीवित रहन सक्ने पाइएको थियो तर त्यो परीक्षणमा एकरुपाता भने थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर