Aamsanchar

कतारमा रोजगारदाताले चाहेमा पुनः रोजगारीमा बोलाउन सक्ने ,जान पूर्व अनुमति अनिवार्य

Author Image
मङ्गलवार, असोज २७, २०७७

काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् ।

यदी रोजगारदाताले कतार पोर्टलमार्फत तपाईँलाई प्रवेशको अनुमति लिइदिएमा तपाईँ कतार जान पाउनुहुनेछ । तर रोजगारदाताले प्रवेशको अनुमति नलिएमा तपाईँले पुनः श्रम स्वीकृति लिंदैमा कतार प्रवेश गर्न पाइनेछैन् । नयाँ रोजगारीमा श्रमिक लैजाने सम्बन्धमा कतारले केही भनेको छैन । कोरोना महामारी सुरु भएपछि कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर