Aamsanchar

कोरोना परिक्षणमा अर्को प्रविधीको अबतार, एन्टिजेन बेस्ड द्वारा पिसिआर भन्दा आधा सस्तोमा परिक्षण

Author Image
बुधवार, असोज २८, २०७७

काठमाण्डौ । कोभिड नियन्त्रणको लागि विश्वले निकैठुलो धनराशी खर्च गरिरहेको छ । नेपालले झन अन्य देशको तुलनामा अझ धेरै खर्चगर्नुपर्ने बाध्यतामा रहेको छ । आफ्नै देशमा स्वास्थ्य सामाग्री उत्पादन नहुनु अन्य मुलुकबाट आयात गर्दा लाग्ने ढुवानी खर्च लगायतका धेरै कुराले गर्दा नेपालले कोरोना नियन्त्रण गर्नका लागि निकै धेरै रकम खर्च गर्नु परेको हो भन्ने विबरण स्वास्थ्य मन्त्रालयले यस अघि जानकारी दिईसकेको छ ।

अन्य उपचारलाई पछि राख्दै कुरा गर्नुपर्दा कोरोना परिक्षाण नै धेरै महंगो थियो, अघिल्ला दिनहरुमा पिसिआर परिक्षण गर्न १५ हजार सम्म शुल्क तोकिएको थियो । त्यो शुल्कदर ८ महिना सम्म आईपुग्दा क्रमस् घटदै घट्दै २ हजारमा आईपुगेको छ । यो दुई हजार पनि नेपाली बहुसंख्यक नागरिकको लागि सामर्थ भन्दा माथीको रकम हो । महंगो शुल्ककै कारण पिसिआर परिक्षण नगराई रहेकाहरुको लागि अब केही आर्थिक भार कम हुने भएको छ । सरकारले कोरोना भाइरस पहिचान गर्नको लागि एन्टिजेन (एन्टिजेन बेस्ड टेस्ट) किटमार्फत परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताउनुभयो ।

‘धेरै भिडभाड हुने ठाउँमा र अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ’, डा। गौतमले भन्नुभयो, ‘धेरै मानिस बस्ने ब्यारेकलगायतका ठाउँ र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ ।’

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो ।

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नरगराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर