Aamsanchar

दशैँको बेला विशेष पूजाआजा हुने भएकाले सबै शक्तिपीठहरु आउँदो शनिबारदेखि खोल्ने तयारी

Author Image
बुधवार, असोज २८, २०७७

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आउँदो शनिबारदेखि खोल्ने तयारी गरिएको छ । काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु आउँदो शनिबार कात्तिक १ गते देखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले बताएका छन् । उनीहरुले दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको बताएका हुन् । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिर खुल्ला गर्ने निर्णय गरिसकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१