Aamsanchar

हात्तीको पिठ्युँबाट योग देखाउन खोज्दा भुईंमा खसे बाबा रामदेव !

Author Image
बुधवार, असोज २८, २०७७

एजेन्सी । सोमबार भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सो घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो, जुन कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले ।

योग गर्दागर्दै हात्ती उफ्रिन थाल्यो । हात्ती सुरुमै चल्मलाउँदा त रामदेवले वास्ता गरेनन् तर फेरि अर्को पटक भने हात्ती निकै झड्का दिने ढंगले उफ्रियो । हात्तीको पिठ्युमा ध्यानमग्न बाबा रामदेव एक्कासि हात्तीबाट तल भुईंमा खसे । रामदेव तल झर्ने वित्तिक्कै वरिपरि रहेका मानिसहरुले उनलाई उठाएको देखिन्छ । त्यसपछि रामदेव निकै आँतिएझै अगाडि दौडिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले रामदेवलाई मजाकमा उडाएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर