Aamsanchar

बिर्तामोडमा फायरउड वेकर्स क्याफे सञ्चालनमा

Author Image
शनिवार, कार्तिक १, २०७७

बिर्तामोड । बिर्तामोडका ढकाल दम्पत्तिले शनिवारबाट फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएका छन् ।

बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल (ढकाल)ले अत्याधुनिक र विदेशी मोडलमा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएका हुन् ।

उक्त क्याफेको शनिवार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । क्याफेको उद्घाटन ढकालकी आमा सावित्रा ढकालले गरेकी थिइन् ।
५० लाख रुपैंयाँको लागतमा कृष्णहल रोड विर्तामोड –५ मा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक सिर्जन ढकालले बताए । उनले विश्वका जुनसुकै मुलुकमा पाइने कफी अब फायरउड वेकर्स क्याफेमा उपलब्ध हुने बताए ।

लण्डनको पम्पिडो नामक क्याफेमा तीन वर्ष सिकेको सीपलाई स्वदेशमा उपयोग गर्दै फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याइएको उनले बताए ।
ढकालकी श्रीमती एलिना रिजाल (ढकाल)ले बेलायतको मान्यता प्राप्त ब्रिटिस कफी स्कुलबाट तालिम लिएर इंग्ल्याण्डमा लामो समयसम्म कफी हाउसमै काम गरेको अनुभवलाई ब्यवहारमा उर्तादै फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको बताइन् ।

फायरउड वेकर्स क्याफेमा कफी , आइसक्रिम , मिल्कसेक , पेष्ट्रिज (मफिन ,प्याटीज ) सवै प्रकारका व्रेड ,डुनोट , आइसकफी , पिज्जा , वर्गर , सेण्डवीच ,जुस ,वर्थ डे केक,  लगायतका सामाग्री ग्राहकलाई उपलव्ध गराइने सञ्चालक सिर्जन ढकालले बताए ।

झापाका अग्रज पत्रकार स्व.मदन ढकाल र सावित्रा ढकालका छोरा वुहारी सिर्जन र एलिनाले आमावुवाको इच्छा नै छोरावुहारीले स्वदेशमै उद्यम गरेर आत्मनिर्भर वन्नु रहेकाले आफूहरुले फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए ।

विदेश गएका युवा सिप सिकेर उतै रमाउने भएपनि आफूहरुले विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गरेको जानकारी दिए ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर