रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी दम्पत्तिमाथि सांघातिक आक्रमण भएको केही समय नबित्दै गएराति मौलापुरमा फेरि एक दम्पत्तिमाथि आक्रमण भएको छ । मौलापुर नगरपालिका वडा ५ पतौरा गाँउका ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि सांघातिक हमला भएको छ । शनिवार राति १ बजेको समय आफ्नै घरमा सुतिरहेका साह दम्पत्तिमाथि धारिलो हतियारले आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरीन्द्र साहको दाहिने कानको छेउमा र शिला देवीको दाहिने पाखुरामा चोट लागेको छ । उनीहरुलाई गम्भिर अवस्थामा तत्कालै उपचारको लागि एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल बिरगंज पठाइएको थियो । रातभरीको उपचारपछि दुबैजनाको अवस्था सुधार हुँदै गएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 248