चारपाने । झापाका एक परिचित संचारकर्मी रेडियो बिराटका सञ्चालक देबेन्द्र प्रसाई त्यसैगरी सामाजिक व्यक्तीहरु मारवाडी युवा मञ्च विर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र माडवाडी सेवा समितिका पूर्व अध्यक्ष राजु शर्मा पारिकले अमृतभोग स्वीट्स एण्ड स्न्याक्स नामक मिठाई दोकान संचालनमा ल्याएका छन् ।
गुणस्तिरिय मिठाईको खोजिमा बिर्तामोडबाट अन्यत्र ग्राहकहरु जाने गरेकोको अवस्थालाई बुझेर अब बिर्तामोडमै ग्राहकले खोजे र चाहे अनुसारको मिठाई लगायतका खानेकुरा उपलब्ध गराउन अमृतभोग संचालनमा ल्याएको संचालक सदस्य देवेन्द्र प्रसाईले बताए । देवेन्द्र प्रसाईको सहभागिता संगै झापाकी एक सक्रिय पत्रकार, साहित्यकार, स्टेज कार्यक्रम संचालिका लिला अनमोलको नाम पनि यस व्यसायमा छोडिएको छ । संचालक प्रसाई र अनमोल दम्पती हुन् । पत्रकारितालाई पनि संग संगै अघिबढाउनैै यस व्यवसायमा पनि रमाउने पत्रकार प्रसाईले बताए ।
विर्तामोड–५ स्थित काँकरभिट्टा रोड दक्षिण कालीमन्दिरको छेउमा रहेको अमृतभोगको आज बिधीवत उद्घाटन भएको छ । सञ्चालक प्रसाईका पिता विष्णुप्रसाद प्रसाई तथा माता धनमाया प्रसाई र अर्का सञ्चालक मित्तलका पिता प्रयागराज मित्तल तथा माता प्रेम मित्तलले रिबन काटेर उद्घाटन गरेका थिए ।
सञ्चालक दिपक मित्तलले अमृतभोगमा ताजा, आफ्नै उत्पादन र मिसावटरहित शुद्ध मिठाइका परिकारहरु विक्री हुने बताए । उनले भने ‘अमृतभोगमा बिर्तामोडमा नपाईने स्वादिस्ट राजभोगलगायतका ५० किसिमका मिठाइ, १४ किसिमको चार्ट, १० प्रकारको डोसा, ५ प्रकारको मसला पितला, ६ स्वाद र आकारको रसभरी गरि छेनाबाट मात्र तयार परिने २२ प्रकारका मिठाई पाइने र पसलमा ७० लाख रुपैयाँ लगानी छ ।’
ग्राहकको सेवाको लागि तीन तला ठाउँ तयार बनाईएको छ । भुई तल्लामा मिठाई, दोस्रो तलामा नास्ता, तेस्रो तलामा सोफा क्याबिन रहेको छ ।