Aamsanchar

वृद्धि हुँदै सेयर बजारको पुँजीकरण

Author Image
बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । सेयर बजारको पुँजीकरण पछिल्लो समय वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तमा सेयर बजारको पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७७ असार मसान्तमा सेयर बजारको बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड थियो । यो बढेर भदौ मसान्तमा २० खर्ब ४९ अर्ब २८ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

त्यसपछि पनि सेयर बजारको पुँजीकरण निरन्तर बढीरहेको छ । ५ कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने सेयर बजारको पुँजीकरण २१ खर्ब ३४ अर्ब ४३ करोड रुपैयाँभन्दा माथि छ । अर्थात् पछिल्लो तीन महिनामा ३ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा धेरैले सेयर बजारको पुँजीकरण वृद्धि भएको छ । सेयर बजार पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकसमेत वृद्धि हुँदै गएको छ । तीन महिनाको अवधीमा नेप्से परिसूचक राम्रै सुधार भएको छ । २०७६ भदौ मसान्तमा ११५०.७ रहेको नेप्से सूचकांक २०७७ भदौ मसान्तमा १५४१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३६२.४ थियो ।

बैंकको हिस्सामात्रै ७५ प्रतिशत २०७७ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१० रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत्त कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४र४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७५.८ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ भदौसम्ममा सूचीकृत ४ अर्ब ८७ करोड शेयरको चुक्ता मूल्य रु४७७ अर्ब ७९ करोड रहेको छ ।

आर्थिक वर्ष २०७७र७८ को दुई महिनामा रु। १ खर्ब बराबरको विकास ऋणपत्र, रु. ४ अर्ब ४५ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब ८७ करोड बराबरको बोनस शेयर, रु२ अर्ब बराबरको डिबेन्चर, ७० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युअचल फण्ड गरी कुल रु.१ खर्ब ११ अर्ब ६७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु ९३ करोड ८६ लाख बराबरको साधारण शेयर र रु ३६ करोड ४० लाख बराबरको हकप्रद शेयर गरी कुल रु१ अर्ब ३० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१