Aamsanchar

रोग भन्दा भोक ठुलो, एक्सपर्टले तिन सय जनालाई टिका लगाई खाना खुवाएर मनायो दशैं

Author Image
सोमवार, कार्तिक १०, २०७७

कठमाडौं । दशैंको दिन कोही व्यक्ती भोकै रहनु नपरोस भन्ने मनासाय र सेवाभाव उदेश्य राखेर काठमाडौं स्थित खुल्ला मञ्चमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस अन्तरगत स्थापित एक्सपर्ट फाउण्डेस द्वारा सडक मानव, असाहय, यात्रीहरु गरि तिनसय जनालाई टिका लगाई दिएर, खाना खुवाएर दशैं मनाएको छ ।

नेपालीहरुको महान चार्डमा पनि कोही भोकै रहनु भनेको दशैं आम नेपालीको लागि नभएर हुनेखानेहरुको जस्तो भईरहेको छ । कोही खाली त कोही आधापेट खाएर जीवन जिउन बाध्य बनेका हरुलाई कम्तिमा एक दिन भएपनि दशैं सबैको हो भनेर अनुभूती दिलाउन दशैंको टिकाको दिन सार्वजनिक टिका र भोजन खुवाउने कार्यक्रम गरिएको एक्सपर्ट एजुकेशनका नेपाल प्रमुख खेम संग्रौलाले बताए ।

कोरोना कहरका कारण सृजित लकडान त्यसपछि सर्वसाधारणमा परेको अर्थिक संकटमा गुर्जिन परिस्थितिबस बाध्य बनेका हरुलाई विगत ७ महिना देखि हाम्रो टिम नेपालले खाना खुवाको काम गरिरहेका छ । खानाको लागि आवश्यक खर्च विभिन्न दाताहरुले प्रदान गर्ने गरेका छन् । प्राप्त सहयोगबाट खाना खुवाउने काम सेवाभावका साथ भईरहेको बुझेपछी सामुहिक भान्छाका लागि लाग्ने खर्च एक्सपर्ट फाउण्डेसले सोमबाट उपलब्ध गराएको थियो ।

एक्सपर्ट फाउण्डेसले हरेक बर्ष विभिन्न पारोपकारी कार्यमा सहयोग गर्दै आएको छ । भूकम्प, बाढी पिडितका परोपकारी क्षेत्रमा एक्सपर्ट फाउण्डेसले उल्लखनिय रुपमा सहयोग र सहभागिता जनाउदै आएको छ । पछिल्लो समयमा कोभिडको कारण अष्ट्रेलियामा अलपत्र परेका नेपालीहरुको उद्धार र संरक्षणको निम्ति १ लाख ३५ हजार डलर सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)