Aamsanchar

आजको राशीफल (११ कार्तिक २०७७, मंगलवार)

Author Image
मङ्गलवार, कार्तिक ११, २०७७

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

आफन्तसंग भेटघाट हुनेछ । छोटो दूरिको लाभदायक यात्रा हुनेछ । वाहनसुखपनि मिल्नेछ, तर खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ कार्यको चर्चा हुनेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचिपनि बढ्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर