Aamsanchar

शान्ति फैलाउन खोलिएको शाक्य एकेडमीमा अशान्ति, ५१ जना भिक्षु नेपाली विद्ययार्थी कुटिए

Author Image
बिहिवार, कार्तिक १३, २०७७

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि निर्घात कुटपिट भएको खबर आएको छ।

दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा यातना दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेका हुन्। आश्रममा रहेका नेपाली बालबालिकालाई यातना दिएको घटना सार्वजनिक भएपछि सरकारले आवश्यक छानविन थालेको छ।

समाचार अनुसार देहरादूनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाल विद्यार्थीलाई दशैँकै दिन कुटिएको हो। अभिभावकहरूले कुटाइ खाएका धेरैजसो चोटग्रस्त रहेको बताएका छन्।

दशैँ मनाउन घर आउन खोजेका ती विद्यार्थीहरुलाई स्कुल सञ्चालकले यातना दिएको खुलेको छ। उक्त एकेडमीमा नेपालको हुम्ला, जुम्ला र सिन्धुपाल्चोकसहितका विद्यार्थीलाई अध्ययनका लागि राखिएको छ।

त्यसपछि यस विषयमा सरकारले ध्यानाकर्षण भएको जनाएको छ। उक्त ट्वीटमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन्। उनले नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने प्रक्रिया अघि बढिसकेको बताएका छन्।

यस विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो जनाएका छन्। उनले अन्सारीलाई नै जवाफ फर्काउँदै यसबारेमा दूतावासले खोजखबर लिने उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर