Aamsanchar

किन बढ्यो फ्रान्सको राजधानी पेरिस छाड्नेको संख्या ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम

Author Image
शुक्रवार, कार्तिक १४, २०७७

फ्रान्स : फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ । आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ ।

फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ । त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अति-आवश्यक नपरि घरबाहिर निस्कन पाउने छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर