Aamsanchar

 जीप दुर्घटना हुदा एक जनाको ज्यान गयो, ११ जना घाइते

Author Image
शुक्रवार, कार्तिक १४, २०७७


म्याग्दी – म्याग्दीमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका २ को भूरुङ–तातोपानीकी १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका रघुगंगा ६ को पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, आठ वर्षीया दीक्षा शेरपुजा र बेनी नगरपालिका ८ को बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रेफर गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण २ को भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा ६ को पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र सात वर्षीया इच्छा शेरपुजा घाइते भएको प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टरप्रसाद चौधरीले बताउनुभयो । घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइतेहरुको हातखुट्टा, मेरुदण्डलगायत शरीरको विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर