Aamsanchar

दुई दर्जन नेपाली विद्यार्थी अष्ट्रेलियाको जेलमा, फसे धेरैजना कानून नबुझेरै

Author Image
शनिवार, कार्तिक १५, २०७७

अष्ट्रेलिया (जिएनएनए)- यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको छ ।

जेलमा रहेका नेपालीको संख्यांत्मक हिसाब गर्ने हो भने त्यसमा सबैभन्दा बढि उच्च अध्ययन गर्न आएका विद्यार्थीहरु रहेको एक तथ्यांकले जनाएको छ । जुन माटोमा अपराध कर्म गयो त्यही देशको कानुनी आधारमा जेल सजाँय भोग्नुपर्ने हुनाले कतिपय जानेर र कतिपय अन्जानमा पनि जेलको चक्करमा परेको देखिन्छन ।

पछिल्लो घटनाक्रममा दुइ ब्यक्तीको ज्यान जानेगरी सवारी चलाएको र मादक पर्दाथ सेवन गरेको कारण स्याङ्जाका विद्यार्थी सागर भट्टराई जमानत नपाएपछि सिड्नीको जेलमै कम सजांयको पर्खाइमा रहेका छन । यस्तै श्रीमानलाई चक्कु हानेर मारेको आरोपमा गौतम थरकी एक युवती अहिले अदालती कारबाही पर्खेर सिल्भरवाटर जेलमा रहेकी छिन । त्यति मात्र होइन, यौन दुब्र्यवहार र महिला हिंसाका कारण पनि केहि नेपाली विद्यार्थी जेलमा दिन काट्दै छन ।

काम गर्ने स्टोरको बाथरुममा क्यामेरा राखेको आरोप लागेका एक नेपाली विद्यार्थी जेलको सजाय भोगी नेपाल फर्केको केही महिना मात्र भएको छ । रक्सी खाएर पती पत्नी झैझगडा गर्दा नोकझोकमा हात हालेपछि महिला हिंसामा तीन महिना जेल बसेर निक्लेका निरज(नाम परिवर्तन) कानुनी बाध्यताका कतिपय बिषयहरुमा अबुझ भएका कारण पनि नेपालीहरु सजायको भोगिदार भएको बताउँछन ।

सुरुमा झगडा गरे अनि रिसले श्रीमतीले प्रहरी बोलाइन त्यसपछि श्रीमानलाई हिरासतमा लगियो । एक दुइ दिनपछि परालको आगोझै श्रीमतीको रिस शान्त भयो तर उनले श्रीमानलाई जेलवाट छुटकाराका लागि पहल गरिन, तर त्यो सम्भव भएन । अहिले करिब छ जना नेपाली घरेलु हिंसाको चपेटामा जेलको चक्कर काटन बाध्य भएको देखिन्छ । त्यसमध्ये केही सजाय कटाएर जमानतमा रिहा भए भने केही अझै जेलमै रहेका छन ।

यतिमात्र होइन भर्खरै टिनएज सकेर बिदेशमा उच्च अध्यन गर्न आएका नेपाली विद्यार्थीहरु नेपालझै संझेर ख्यालख्यालमै केटी जिस्काउँदा प्रहरी फन्दामा पुगेको घट्नाहरु समेत छन् । अर्वन पार्कमा एक बिदेशीको बच्चासँग जिस्किंदा प्रहरी बोलाएपछि एक नेपाली विद्यार्थीले ठूलो कानुनी सास्ती बेहार्नु परेको थियो ।

उनलाई प्रहरीले समातेर लगेपछि बल्ल पो चाल पाए, अस्ट्रेलियामा अभिभावकको अनुमति बिना बच्चाबच्चीलाई खेलाउने र बोक्न पनि पाइदैन भनेर । यति मात्र होइन एक बर्षको मल्टीपल भिषा पाएर अस्ट्रेलिया आएका शारदा र दिपक भिषा थप्ने चक्करमा बाली पुगेर सिड्नी फर्कदा बिमानस्थलमा पक्राउ परे । उनीहरुलाई थाहा नै थिएन, साथीभाइ र माइग्रेशन एजेन्टकै सल्लाहमा उनीहरु बाली गएका थिए ।

तर टुरीष्ट भिषामा आएर काम गर्ने अभिप्राय रहेको भन्दै उनीहरुको भिषा रद्द गरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कानुनी उपचार सम्भव भएपनि यस्ता बिषयमा दशौं लाख खर्च गरेर मुद्दा मामिलामा जानु अर्थहीन रहेको बताइन्छ । अर्काको काम गर्दैगर्दा पनि जेलको चक्कर काट्नु परेको पछिल्लो उदाहरण हुन, अर्वनका युवा विपीन थापा । एक सेक्युरिटी कम्पनीमा लेखापालको जागिर खाएका थापा कम्पनीका मालिकहरुले करोडौंको हवाला काण्ड गरेको कारण फस्न पुगे । उनी अहिलेपनी अदालती कारबाहीमा छन ।

उनको संग्लनताका बिषयमा प्रहरकिो छानबिन चलिरहेको छ । लागु पर्दाथका कारण पनि केही युवा अस्ट्रेलियन जेलको चक्कर काटिरहेको पछिल्ला केही घटनाक्रमले देखाएको छ । एक नेपाली युवा लागु पदार्थ बेचबिखनमा समातिएपछि केही महिनादेखि जेलमा रहेका छन । हुनेखाने परिवारका उनी लागुपर्दाथ सेवनगर्दा गर्दै यसको बिक्री बितरणमा फसेको उनलाई नजिकवाट चिन्नेहरु बताउँछन ।

लागू पर्दाथको कुलतमा परेर स्टोरमा सामान चोरेको आरोपमा समेत कयैन विद्यार्थीहरु प्रहरीको फन्दामा परेका छन । नेपालीहरुको बाहुल्यता रहेको अर्वन क्षेत्रमा रहेको एक ब्यापारीक मलमा मात्र एक हप्तामा दर्जनौं नेपाली विद्यार्थी फ्रड केसमा समातिएका थिए । लहलहैमा सामानको पैसा नतिरी स्टोर बाहिरिने क्रममा उनीहरु पक्राउ परेका हुन ।

हात हाल्नुलाई यहाँका कानूनले ठुलो अपराधको रुपमा लिने गर्छ । तर नेपाली युवाहरु सानातिना कुरामै हात हालेर झैझगडा गर्दा पनि जेल पुगेका छन । पछिल्लो घटनाक्रममा टाउनहलमा बाटो काट्दै गर्दा भएको झड्पमा बक्स कटरले हानेपछि एक नेपाली युवा जेलमा पुगे । जेलमा मात्र हैन जेलपछि उनीहरुलाई भिषा रद्द गरेर स्वदेश पठाइने समेत गरिन्छ । जुन उनीहरुको भबिष्य नै प्रभाव गर्ने गर्दछ ।

यस्तो कानुनको बारेमा जानकारी नभएकोकारण पनि कयैन नेपालीहरु अष्ट्रेलियाको जेल पुगेका छन । यस्तै टाउनहलको म्याकडोनाल्डमा भएको झैझगडामा समेत संलग्न एक नेपाली विद्यार्थीलाई पक्राउ गरी नेपाल फर्काइएको थियो । स्थानिय अस्ट्रेलियनहरु कराउँछन चिच्चाउछन तर हात भने हत्तपत्त हालि हाल्दैनन, किनभने हातहाल्नु अपराध हो भन्ने कुरामा उनीहरु जानकार हुन्छन ।

प्राय उच्च अध्यन गर्न आउने विद्यार्थीहरु जानीनजानी, नबुझेर अनी लहलहैमा पनी कानुनी अप्ठ्यारामा परेको सीड्नीका कानून ब्यवसायी खीलेन्द्रराज तिम्सिना बताउँछन् । पछिल्ला दिनमा समाधानका बाटा र कानुनी पाटाहरु हुँदाहुँदै घरेलु हिंसाका कयैन झमेलामा नेपालीहरु फसेको देखिएको छ । यसलाई रोक्न जागरण अभियान र परामर्षको खाँचो देखिएको तिम्सिनाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर