Aamsanchar

नेताहरु सँग प्रचण्डकाे ब्रिफिङ : ‘अध्यक्ष ओलीले पार्टी फुटाउने प्रस्ताव गर्नुभयो’

Author Image
आइतवार, कार्तिक १६, २०७७

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो । बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनुभएको हो ।

भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको बिफ्रिङ भएको छ । उहाँका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको हो ।

शनिबार ओली र प्रचण्डबीच बढ्दो विवादका विषयमा छलफल भए पनि सकारात्मक निष्कर्ष निस्किएको थिएन । यसअघि ओलीले एकलौटी ढङ्गले निर्णय गर्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएका प्रचण्डले ओलीसँग छलफल गर्न नै छोड्नुभएको थियो । आइतबारको भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

उनीहरुले पार्टी फुटाउन नहुने पक्षमा मत राखेका छन् । केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आउनुभएको छ । यही कारण नेकपाभित्र विवाद बढ्दो छ ।

आइतबार मात्रै नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको भन्दै सङ्कट समाधान गर्न आह्वान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)