Aamsanchar

संखुवासभाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु , डाक्टरकाे दरबन्दी तर अनमीले सञ्चालन गर्नुपर्ने बाध्यता

Author Image
सोमवार, कार्तिक १७, २०७७

संखुवासभाको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । भौगोलिक रुपमा विकट र अहिले सम्म सदरमुकाम खाँदबारी देखि सिधा यातायातको सुविधाले नछोएको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुको अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको हो । एकजना एमबीबीएस डाक्टरको दरबन्दी भएपनि अस्पताल अहेब र अनमीले सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

पाँच वटा वडा रहेको सिलिङचोङका अहिलेसम्म १ सय भन्दा धेरै गर्भवती महिलाहरुको भिडियो एक्सरे सेवा लिएका छन् । गएको हप्ता देखि सुरु भएको एक्सरे सेवा ग्रामिण क्षेत्रमा अत्यन्तै प्रभावकारी भएको अस्पतालले जनाएको छ । वान हर्ट वर्ल्डाइड गैरसरकारी संस्थाले पाँच लाख रुपैयाँ बराबरको यूएसजी मेसिन र २१ दिने तालिम सहयोग गरेपछि ताम्कुको अस्पतालमा सेवा सुरु भएको हो । संस्थाको सहयोगमा झापाको आम्दा अस्पतालमा २१ दिने तालिम लिएर फर्किएकी अनमी इन्द्रकुमारी राईले गाउँमा नै भिडिओ एक्सरे सेवा प्रवाह गर्न थाल्नु भएको हो ।

अब दुई दिन सम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्थाबारे जानकारी लिनु पर्ने बाध्यता समेत हटेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर