Aamsanchar

शरिर बन्धक मुद्धामा मेचीनगरका मेचे र बैंकिङ कसुर मुद्धाका प्रतिवादी कन्काइका प्रसाई जेल चलान

Author Image
सोमवार, कार्तिक १७, २०७७

शरिर बन्धक र बैंकिङ कसुर मुद्धाका दुई प्रतिवादी जेल चलान भएका छन् । जेल चलान हुनेहरुमा मेचीनगर १२ बस्ने नरेश मेचे र कन्काई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाई रहेका छन् । केही दिनअघि पक्राउ परेका दुवै फरार अभियुक्तहरुलाई झापा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।

नरेश मेचलाई झापा जिल्ला अदालतबाट २०७५ फागुन २७ मा १७ बर्ष कैद र १ लाख ५० हजार जरिवाना तोकिएको थियो । संगठित रुपमा मानव अपहरण गरी शरिर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्धामा सुनिलकुमार अग्रवालले नरेश मेचेमाथि जाहेरी दिएका थिए । घटनापछि फरार रहेका मेचेलाई केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौको पहलमा कात्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा बुझाईएको थियो ।

त्यस्तै बैंकिङ्ग कसूर मुद्दामा उच्च अदालत बिराटनगरको इलाम इजलाशले २ महिना कैद र १ करोड २५ लाख रुपैयाँ विगो सुनाइएका प्रसाईलाई पनि जेल चलान गरिएको छ । भगवति ढुङ्गेल र सुरेन्द्रकुमार उप्रेतीले जाहेरी दिएका थिए । फरार रहेका प्रसाईलाई कात्तिक ११ गते प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर