Aamsanchar

झापामा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुस्टि

Author Image
सोमवार, कार्तिक १७, २०७७

झापामा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । २४ महिला र ३५ पुरुष गरी ५९ जनामा संक्रमण पुष्टि भएको हो । कनकाई नगरपालिकामा ५ महिला र ९ पुरुष संक्रमित भएका छन् जस्मा मोरङ ठेगाना भएको १ महिला १ पुरुष छन् अन्य सबै स्थानिय हुन् ।

बिर्तामोडमा ७ महिला र ६ पुरुष, दमकमा २ महिला र ७ पुरुष, अर्जुनधारामा ३ महिला र २ पुरुष र गौरादहमा २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यसैगरी, शिवसताक्षीमा ४ पुरुष, कमल गाउँपालिकामा २ महिला १ पुरुष, भद्रपुरमा १ पुरुष, १ महिला, झापा र गौरीगञ्जमा १–१ पुरुष र बुद्धशान्ति गाउँपालिकामा २ जना महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै स्थानीय हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर