काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को क्पालिफायरमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै दिल्लीले मुम्बईसँगको भेट पक्का गरेको हो । शेख ज्याद क्रिकेट स्टेडियममा बैंगलोरले दिल्ली क्यापिटल्सलाई जितका लागि दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनायो ।
दिल्लीका लागि अजिंगे रहाने र शिखर धावनले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका राहानेले ५ चौका र १ छक्काको सहयोगमा ६० रनको योगदान गरे । त्यस्तै ४१ बल खेलेका धावनले ६ चौकाको सहयोगमा ५४ रन बनाउन सफल भए ।
बलिङतर्फ बैंगलोरका लागि साहाजब आदमले दुई विकेट लिए । त्यस्तै मोहमद सिराज र वासिन्टन सुन्दरले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पाडिकलले अर्धशतकीय पारी खेले ।
४१ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५० रन बनाए । बैंगलोरका लागि एबी डिभिलियर्सले ३५ रन बनाउँदा कप्तान विराट कोहलीले २९ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि आरिच नोर्टेजले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट लिँदा रविचन्द्र आश्विन एक विकेट लिन सफल भए ।
आजको खेलमा जित निकाल्ली प्लेअफमा प्रवेश गरेको छ । लिगमा १४ खेल खेलेको दिल्लीले १६ अंक जोड्दै प्लेअफमा स्थान बनाएको हो । पराजित बैंगलोरको पनि प्लेअफमा पुगेको छ । बैंगलोरले १४ खेलबाट १२ जोड्दै प्लेअफमा स्थान बनाएको छ । दिल्लीले आब फाइनल प्रवेशका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।