Aamsanchar

पूजाको प्रसाद खाँदा मोरङमा एकै गाउँका ४० जना बिरामी

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

विराटनगर – मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । कोजाग्रत पूर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पूजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यसदिन छरछिमेक भेला भएर दत्तले बाँडेको पूजाको प्रसाद खाएका थिए । प्रसाद खाने अधिकांश बिरामी भएको र उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

पूजाको प्रसाद खाएको २४ घन्टा नबित्दै प्रसाद खानेहरुलाई झाडापखाला सुरु भएपछि धमाधम अस्पताल आउन थालेको अस्पतालकी मेडिकल अधिकृत स्वेता मंण्डलले जानकारी दिइन् । मण्डलका अनुसार प्रसाद खाएकालाई ुफुड पोइजनु भएको र उनीहरुमा झाडापखाला, बान्ता, ज्वरो र पेट दुख्ने समस्या देखिएको छ । अहिलेसम्म सोही पूजाको प्रसाद खाएका ४० जना उपचारका लागि अस्पताल पुगेका छन् ।

अस्पतालमा अन्य बिरामीसहित ‘फुड पोइजन’का बिरामी समेत पुगेपछि अस्पतामा बेड अभावका कारण केहीलाई घरमा नै स्लाइन पानी चडाएको मण्डलले जानकारी दिइन् । बेड अभावपछि घरमै सलाइन पानी दिएर बालिकाको उपचार हुँदै।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)