Aamsanchar

तिहारमा देउसी भैलो खेल्न नपाइने

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

बाग्लुङ : बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाग्लुङले १२ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो नखेल्न भनेको हो । प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ ।

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिने भएको छ भने देउसी भैलो खेल्दा भीडभाड हुने भएकाले जिल्लाभर देउसी भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । यस्तै बाग्लुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक हप्ता बन्द हुने भएका छन् । बाग्लुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा लकडाउन र अन्य ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर