गएको महीना डिसेम्बर अम्तिमतिर कोरोना भाइरस फैलियो । अहिले संसारभर यसले भ्रमण गरिसकेको छ । यसबाट लाखौंको मृत्यु भइसकेको छ । यो भाइरसबाट कोरोडौं संक्रमण भइसकेका छन् । जब भाइरस आयो त्यतिखेर म वैदेशिक रोजगारीमा दुबई मा थिएँ ।
चीनको वुहान सहरबाट फैलिएको यो भाइरस विश्व स्वास्थ संगठनले विश्वव्यापी महामारीको संज्ञा दियो । विश्वमै हलचल ल्याइदिएको छ । अत्यधिक रूपमा यो भाइरस फैलिएपछि विश्वभर लकडाउन गर्नु परेको थियो । सबै कामधन्दा छोडेर घरभित्रनै बस्नुपरेको थियो । यो कोरोनाले गर्दा रोजगार गुम्यो । आय – आर्जन आउने स्रोत नै बन्द भयो । जसले गर्दा मानसिक तनावमा गए थुप्रै मानिसहरु । कतिले तनाव खप्न नसकेर आत्महत्या गरेँ । कति त डिप्रेसनको शिकार समेत भएँ ।मानिसहरुको जीवनशौली नै अस्तव्यस्त बनाइदियो । यस्तो समय आउँला भनेर कहिल्यै सोचेका थिएनन् । अहिलेले समय पनि दुक्क भएर हिड्न सक्ने अवस्था छैन ।
भयावह स्थिती छ । जताततै डराउँने समय आएको छ । आफ्नासँग पनि टाढा बस्नुपर्ने स्थिती रहेको छ । यो कोरोना आएपछि मान्छेको सोचमै परिवर्तन आएको छ । मान्छेको जीवन केही क्षणमै सकिन सक्छ । मै हुँ भन्नेलाई पनि यो भाइरसले छोडेको छैन । भौतिक दुरि कायम राख्नुपर्ने छेउछाउ आउन नहुने , अलग अलग बस्नुपर्ने नाकमुख छोपेर हिड्नु पर्ने संसारमा अनौठो रोग आएछ भन्ने, सबैलाई महसुस भएको छ । जब कोरोना फैलिँदै थियो । म दुबईमा रोजगारी गरिरहेको थिएँ । भिसाको म्याद सकिनु एक महीना अगाडि काम बन्द भएको थियो । कतिको रोजगार गुमेको थियो ।
कतिको तलबमा करौती गरिएको थियो । कोरोना भाइरसले गर्दा महिनौंसम्म कोठामा बस्नु परेकोले मलाई बिस्तारै – बिस्तारै मलाई दुबई बस्न मन लाग्न छोडेको थियो । सन् २०१८ मे महीना म दुबई गएको थिएँ । नेपाल फर्किनको लागि धेरै संघर्ष गर्नुपरेको थियो । मैले पनि धेरै समस्या झेल्नुपरेको थियो । प्लेन बन्द थियो । लकडाउनको समय थियो । एअरपोर्ट खुलेको थिएन । बिदेश मोह पनि हद्दै गएको थियो । माक्स ग्लोब्स लगाएर हिड्नु पर्ने बाध्यता कुन बेला कस्तो समयमा कोरोनाले भेटाउन सक्छ डर पालेर बस्नु पर्थ्यो । भिसा पनि सकिन लागेको हुनाले फेरि भिसा थप्न मन लागेन। म जस्ता कयौं युवा – युवती फर्किन लागेका थिएँ ।
यस्तो नाजुक समयमा परिवारको साथमा बस्न पाए लागेको थियो । भिसाको म्याद सकिए पनि । कोठामै बस्नुपर्ने केही तनाव खेप्नुपरेको थियो । घर कहिले पुगिएला लागेको थियो । दुबई जानुभन्दा आउन समस्या पर्यो ।मसँगै काम गर्ने साथीहरू फर्किन नपाएर आत्तिएका पनि थिए । काम रोकिए पछि धेरै दिन कोठामै बसेकोले कोरोना कहरको कारणले मलाई बिदेश बस्न मन छोड्यो त्यसपछि म फर्किए । अहिले म नेपाल फर्किसकेको छु । दुबई फर्किएको पनि ३ महिना बितिसकेको छ । कोरोना कहरमै यो वर्षको दसैं पनि सक्यो । अहिलेको परिस्थिति झन् भयावह स्थिती छ । कतै घुम्ने साथीभाइसँग जमघट गर्ने त्यो समय पनि छैन । म नेपाल फर्किएको ३ महीना बित्दा पनि म गाडी चढेर कहिँ गएको छैन । अहिले पनि डरलाग्दो समय छ । सजगता सतर्कता अपनाउन जरुरी छ । लकडाउन हटेपनि हामी अझ पनि सुरक्षित महसुस गर्न सकिरहेको छैनौं ।
लेखक संग्रौला झापा बिर्तामोड निवासी हुन् ।