Aamsanchar

झापामा पछिल्लो २४ घण्टाभित्र २३ जनामा कोरोना संक्रमण पुस्टि, थप ३ जनाको संक्रमणकै कारण ज्यान गयो

Author Image
बुधवार, कार्तिक १९, २०७७

झापा – झापामा पछिल्लो २४ घण्टाभित्र २३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ संक्रमण पुस्टि भएकाहरु मध्ये ७ जना महिला र १६ जना पुरुष छन् । आज सबैभन्दा धेरै दमकमा १० जनामा संक्रमण पुष्टि हुँदा २ जना महिला र ८ जना पुरुष छन् । दमकमा संक्रमित पुष्टि भएकामध्ये २ जना स्वास्थ्यकर्मी छन् । बिर्तामोड र गौरादहमा समान ४—४ जनामा संक्रमण भएको छ । बिर्तामोडका ३ महिला र १ पुरुष तथा गौरादहमा १ महिला र ३ पुरुष रहेका छन् । गौरादहका एक जना स्वास्थ्यकर्मी रहेका छन् ।यस्तै, भद्रपुरका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकी अर्जुनधाराकी एक महिला स्वास्थ्यकर्मी हुन् । मेचीनगरमा पनि संक्रमित भएका पुरुष स्वास्थ्यकर्मी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, कनकाई नगरपालिकामा एक पुरुषमा पनि संक्रमण भएको छ । झापामा आजसम्म २ हजार २४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । ८०८ जना सक्रिय संक्रमित भइ आइसोलेसनमा उपचार भइरहँदा १ हजार ३७९ जनाले कोरोना जितेका छन् ।

यस्तै कोरोना संक्रमण बाट झापामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गएको २४ घण्टामा थप ३ जनाको संक्रमणकै कारण ज्यान गएको छ । ज्यान जानेमा मेचिनगर १४ की ७० बर्षीय महिला, दमक-३ का ६५ बर्षीय पुरुष र दमक ५ कि २२ बर्षिया महिला रहेकि छिन् ।

मेचीनगर नगरपालिका वडा नं- १४ का एक ७० वर्षिया बृद्धाको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । कात्तिक १५ गते संक्रमण पुष्टि भएकी ७० वर्षिया देवी चिमरिया अस्पतालको आइसोलेसनमा उपचाररत् थिइन् । उनको आज विहान ७.५० बजे मृत्यु भएको हो । दमक -३ का ६५ बर्षीय पुरुषको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो । यस्तै दमक ५ कि २२ बर्षिया महिलाभने आफैं सुत्ने कोठामा मृत भेटिएकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)