Aamsanchar

नेपाल जेसीजमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता

Author Image
बुधवार, कार्तिक १९, २०७७

नेपाल जेसीजको वर्ष २०२१ का लागि १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको छ।

रुपन्देहीको तिलोत्तमा हुने ४७ औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको हो।

आगामी पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन हुनेछ। महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुनेछ।

वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना ,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको नेपाल जेसीजले जनाएको छ।

राष्ट्रिय उपाध्यक्षका लागि देशका विभिन्न शाखाहरुबाट ४३ जना प्रतिस्पर्धामा उत्रने भएका छन्।

नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बीसहजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पोखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पौडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गोकुल सापकोटा बीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, थानकोट जेसिजबाट मोहनलाल डाँगी, पाटन लेडिबाट सुम्रिता शर्मा, पाटन जेसिजबाटै सुमन कृष्ण श्रेष्ठ , रूकमेणी सिग्देल बकुण्डेबेंसी वेसी, कञ्चन झा दुहबी जेसिज ,मुकुन्द दाहाल काठमाडौं जेसिज,अरूण कुमार दाहाल हेटौंडा जेसिज ,रमा प्याकुरेल बालकोट लगायत १७ जना कार्यकारिणी उपाध्यक्ष पदकालागि भिड्दै छन्।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ।

एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरू, उम्मेदवार लगायतको उपस्थिति रहने छन् ।

विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुने नेपाल जेसीजको सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)