ताप्लेजुङ — १४ वर्षीया बालिकाले चुल्होमा पेट्रोल हालेर आगो बाल्ने क्रममा मिक्वाखोला गाउँपालिका ४ थलङमा एक घरमा आगलागी भएको छ । रणध्वज थलङको घरमा भएको आगलागीमा परी १४ वर्षीया मञ्जु, ९ वर्षीया प्रिती र ३५ वर्षीया मिना थलङ घाइते भएका छन । उनीहरुको हात, खुट्टा र कुहिनामा आगोले पोलेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घाइतेको अवस्था भने सामान्य रहेको रणध्वजले वताएका छन् ।
आगलागीबाट ३ तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, सुन २ तोला, नगद रु १ लाख ५० हजार समेत गरी २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उनीहरु अहिले आफन्तकोमा बसेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 311