Aamsanchar

झापामा ११९ जना कोरोना संक्रमित थपिए, सबै भन्दा बढी दमकमा

Author Image
बिहिवार, कार्तिक २०, २०७७

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा आज अहिलेसम्मकै सर्वाधिक ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा दमकका ४८ र बिर्तामोडका २९ जना छन् । जिल्लामा ५१ जना महिला र ६८ जना पुरुष संक्रमित हुँदा दमकमा २१ महिला र २७ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा संक्रमित हुनेहरुमा ३ वर्षदेखि ८० वर्ष उमेर समूहका रहेका छन् ।यसैगरी, बिर्तामोडमा एघार जना स्वास्थ्यकर्मीसहित आज २९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिने स्वास्थ्यकर्मीमा ९ जना निजीका र दुईजना सरकारीका रहेका छन् ।बिर्तामोडमा संचालित विभिन्न अस्पतालका ९ जना र बिर्तामोड नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए ।

संक्रमितहरु १५ महिला र १४ पुरुष हुन् । उनीहरु वडा नं १ देखि ७ नं वडाका भएको सापकोटाले बताए ।यस्तै, कमल गाउँपालिकामा १० जनामा संक्रमण पुष्टि भएको छ । यहाँका ५ महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी गौरादह नगरपालिकामा २ महिने शिशुसहित ६ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार गौरादहमा ५ महिला र १ पुरुषमा संक्रमण भएको हो । जसमा २ महिने शिशुदेखि ७८ वर्षसम्मका संक्रमित छन् ।

संक्रमित सबै स्थानीय हुन् ।यसैगरी, बुद्धशान्ति र हल्दिबारी गाउँपालिकामा ५-५ महिला र १-१ पुरुष, अर्जुनधाराका ४ पुरुष, भद्रपुर र मेचीनगरका ३-३ पुरुष, कनकाईका १ महिला र २ पुरुष तथा शिवसताक्षीका २ महिला र १ पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)