मकवानपुर । दश लाख रुपैयाँ घुस रकमसहित प्राधिकरणका एक इन्जिनियरलाई पक्राउ गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडामा रहेको कार्यालयले हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इन्जिनियर ईश्वरीप्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलमा ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा जैसवालले दश लाख रुपैयाँ घुस रकम मागेका थिए । त्यही घुस रकम दिँदा दिँदै उनलाई पक्राउ गरिएको हो । पक्राउपछि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडा कार्यालयले जनाएको छ ।


Views: 232

