Aamsanchar

धुलावारीमा होईन धाइजनमै कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

झापा ÷ मेचीनगरको कोभिड १० संक्रमण नियन्त्रण कार्यदलको बैठकले नगरको ११ नम्बर वडा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । यसअघि मेचीनगर —१० स्थित धुलावारीको मेची आम्दा अस्पताललाई सुविधासम्पन्न कोरोना अस्पतालकोरुपमा स्तरोन्नति गर्न माग गर्दै मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई मेचीनगरका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, पत्रकार, व्यवसायीलगायत सर्वसाधारण ४ सय २३ जनाको हस्ताक्षरसहित ज्ञापन पत्र बुझाइएपनि शुक्रबार कार्यदलकी सहसंयोजक एवम् नगरपालिका उपप्रमुख उप्रेतीको अध्यक्षतामा नगरपालिका कार्यालयमा बसेको बैठकले नगरको ११ नम्बर वडा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको हो ।

‘३० बेडको आइसोेलेसन केन्द्रको रुपमा हाल सञ्चालित धाइजन स्वास्थ्य चौकीलाई नै कोभिड अस्पताल बनाउन सिफारिस गरिएको कार्यदलका सदस्य एवम् नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेका लागि यही नै उपयुक्त हुने देखियो । मेचीनगर—१० मा रहेको मेची आम्दा अस्पताललाई कोभिड अस्पताल बनाउने विषयमा छलफल भए पनि त्यहाँ बनाउने विषयमा वातावरण नबनेको अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर