Aamsanchar

मोरङ विराटनगरमा लरीको ठक्करले अटोरिक्सामा सवार एक युवतीको मृत्यु, दुई जना घाइते

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

 

मोरङ — विराटनगर महानगरपालिका–३ दूधफारम नजिक लरीको ठक्करले शुक्रबार अटोरिक्सामा सवार एक युवतीको मृत्यु भएको छ । दुई जना घाइते छन् । विराटनगर महानगरपालिका–१३ की पूजा भट्टराईको मृत्यु भएको हो । पूजाकी आफन्त उदयपुर बेल्टारकी २५ वर्षीया विद्या कटवाल र अटोचालक विराटनगर–१३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ घाइते छन् । एनएल ०२ एन ४४८७ नम्बरको भारतीय लरीले को २ ह २८१२ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते अटो रिक्सामा सवार पूजा, विद्या र श्रेष्ठमध्ये पूजाको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । विद्या र श्रेष्ठको नोबेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

‘उत्तरतर्फबाट तीव्र गतिमा आएको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको छ,’ उनले भने, ‘दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने लरी खेतमा पल्टिएको छ ।’ लरीका चालक भारत मुजफरपुरका २४ वर्षीय देवेन्द्र सहनी र सहचालक २९ वर्षीय मिथुन कुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)