Aamsanchar

मोरङका छुट्टाछुट्टै स्थनामा करेन्ट लागेर २ जनाको ज्यान गयो

Author Image
शनिवार, कार्तिक २२, २०७७

मोरङ- पथरीशनिश्चरे र उर्लाबारीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सुनसरीको रामधुनी–८ का ४५ वर्षीय सुवरलाल चौधरीको मोरङको पथरीशनिश्चरे नगरपालिका–८ मा करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुवरलालको मृत्यु भएको हो। साँझ ६ बजेतिर करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा आधा घण्टापछि मोरङ अस्पताल पथरीमा मृत्यु भएको गिरीले बताए।

त्यस्तै खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारीका एक जनाको मृत्यु भएको छ। रतुवा खोलामा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर उर्लाबारी नगरपालिका–९ का ३५ वर्षीय विनोद परियारको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले करेन्ट लागेर घाइते भएका परियारको उपचारका क्रममा अरनिको अस्पतालमा मृत्यु भएको बताए। प्रहरीले दुवै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 522

प्रतिक्रिया (०)