Aamsanchar

भायनेटको २३ औं शाखा बिर्तामोडमा

Author Image
सोमवार, कार्तिक २४, २०७७

बिर्तामोड । भायनेट कम्युनिकेसनले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बिर्तामोडको शनिस्चरे रोडमा, २३ औँ शाखालाई बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले रिवन काटेर उद्घाटन गरे।

निम्न आय भएका वर्गहरुको पहुचमा इन्टरनेट पुर्याउने उदेश्य राखेर सर्बशुलभ शुल्क र छिटो सर्भिस लगायतका प्रभावकारी सेवा प्रदान गर्ने बिर्तामोड शाखाका सहायक प्रवन्धक नविन चापागाइँले दावी गरेका छन् ।

प्रदेश १ मा यस अघि बिराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडमा गरि ५ वटा शाखा विस्तार भई सकेको छ भने हाल बिर्तामोड शाखा अन्तरगत विर्तामोड नगर क्षेत्रलाई लक्षित गरेर सेवा प्रवाह गर्ने र आगामी दुई बर्ष भित्रमा झापाका सबै मुख्य सहर बजार सम्म सेवा उपलब्ध गराउने प्रवन्धक चापागाइँले बताए ।

हाल भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरुले भायनेट सेकुर, अल्ट्रा बुस्ट र भाय टिभीको सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर