बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतले कार्यभार सम्हाल्न खेमराज ओझा आईपुगेका छन् ।
सविक झापा जिल्ला विकास समितिका प्रमुख एलडियो समेत भईसकेका ओझा मेचीनगर प्रमुख प्रशासकीय अधिकृतको रुपमा आज हाजिर भएका छन् । उनि मोरङको रतुवामाई नगरपालिका बाट सरुवा भएर मेचीनगरमा आएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत ओझाले संविधानले निर्देशन गरेको नीति तथा कार्यत्रलममा रहेर नगरवासीको आवश्यकता एवं भावना बमोजिम नगरको हितमा आफूलाई सदैव प्रतिबद्ध राख्ने आमसंचार डटकमलाई बताएका छन् ।
स्थाई घर झापाको लखनपुर भएका ओझा एक प्रखर निडर प्रशासकको रुपमा परिचित छन् ।
सोमबार मेचीनगर नगरपालिकाले सभाहलमा आयोजित स्वागत कार्यक्रममा कार्यवाहक नगरप्रमुख मीना उप्रेती, कार्यपालिका सदस्य वडा अध्यक्षहरु कर्मचारी लगायतले स्वागत गर्दै सफल कार्यकालको कामना गरेका थिए