Aamsanchar

एकका लागि एक अभियान छैठौं चरणको कार्यक्रममा, बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने

Author Image
सोमवार, कार्तिक २४, २०७७

चारपाने । लकडाउनका कारण सामान्य सर्वसाधारण नागरिकमा आईपरेको खाद्ययन्न संकटलाई केहीहद सम्म भएपनि टार्नको लागि स्वतस्फुर्त नागरिक स्तरबाट गठन भएको एकका लागि एक अभियानले अब झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा समेत बेड अभाव हुन थालेपछि घरमै उपचारमा सहयोग पुर्याउन अभियानले अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको हो । आज सोमबार बसेको अभियानको जुम बैठकले केही दिनमै अक्सिजनका सिलिन्डरको भण्डारण गर्ने निर्णय  गरेको छ ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गर्ने निर्णय पनि गरेको छ। सो सहायता केन्द्र बिर्तामोड स्थित झापा गोल्डकपको सचिवालयमा रहनेछ । त्यस्तै, अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै घरमै पुगेर स्वाब संकलन गर्ने अभियानको बैठकले निर्णय गरेको छ ।

अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । एक करोड २ लाख ५६ हजार ८०४ रुपैयाँको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई ११ लाख रुपैयाँ प्रदान गरेको थियो ।

अभियानका सहसंयोजक विनोद बस्नेतले औचित्यमाथि प्रकाश पारेको बैठकमा सदस्यहरु नविन पोखरेल, कुमारमणि पोखरेल, गोपाल ओली, हरि शर्मा, सजेश शिवाकोटी, एकराज गिरीलगायतले धारणा राखेका थिए ।

बैठकको सहजीकरण गर्दै सचिवालय सदस्य मातृका सुवेदीले हालसम्मको खर्च र आम्दानी विवरण प्रस्तुत गरेका थिए । अभियानको खाता १८ लाख ७० हजार ४२९ रुपैयाँ बचत रहेको छ ।

भयियानले पहिलो चरणमा किट वितरण, दोस्रोमा खाद्ययन्न दाल, चामल, तेस्रो चरणमा तयारी खाना, चौथो चरणमा पिसिआर ल्याव स्थापना , पाचौं चरणमा प्लाज्मा थेरापी  स्थापना र छैठौं चरणको कार्यक्रम अन्तरगत अक्सिजन बैंक स्थापना गर्ने  भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर