Aamsanchar

कोरोनाका कारण झापामा थप ४ जनाको मृत्यु, ७५ जनामा संक्रमण पुस्टि

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

झापा । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला सहित ४ जना छन् । कचनकवल–६ का ६८ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । हल्दिबार–४ का ७० वर्षिय पुरुष , गौरादह–५ का ५६ वर्षिय पुरुषका र मेचीनगर–२ का ८६ वर्षिय पुरुषको नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यस्तै झापामा पछिल्लो २४ घण्टाभित्र ७५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५२ महिला र २३ जना पुरुष रहेका छन् । सबैभन्दा बढी दमकमा २२ जना थपिएका छन् । जसमा १५ महिला र ७ पुरुष छन् । यस्तै, बिर्तामोडमा ८ महिला र ६ पुरुष गरी १४ जना संक्रमित थपिएका छन् । यस्तै, गौरीगञ्ज गाउँपालिकामा ३ महिला र २ पुरुष संक्रमित थपिए भने कमल गाउँपालिकामा ३ महिला र ४ पुरुष, अर्जुनधारा र कनकाईमा २–२ महिला, गौरादहमा ३ पुरुष, बुद्धशान्तिमा १ पुरुष, बाह्रदशीमा १ महिला र भद्रपुर नगरपालिकामा ९ महिला र १ पुरुष गरी १० जना संक्रमित थपिएका छन् । भद्रपुर मा संक्रमण पुस्टि भएका १ जना भारतिय नागरिक र अर्का एकको पालिका खुल्नसकेको छैन, यस्तै मेचीनगरमा २ महिला, शिवसताक्षीमा २ महिला र २ पुरुष र हल्दिबारीमा २ जना महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर