Aamsanchar

झण्डै ७ लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

Author Image
बिहिवार, कार्तिक २७, २०७७

जनकपुरधाम । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायक छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको संंयुक्त टोलीले उनीहरुको साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट बरामद गरेको छ ।

यसमध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी राखिएको र काट्न बाँकी रहेको अवस्थामा बरामद भएको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

पक्राउ परेका तीनै जना गत असोज २१ गतेदेखि गोलबजार नगरपालिका-६ लामाटोलका वीरेन्द्र महतोको घर भाडामा लिएर बस्दै आएका थिए । उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु पनि फेला परेको छ । तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर