Aamsanchar

रक्सी खाएर यौन सम्पर्क गर्दा के हुन्छ ?

Author Image
बिहिवार, कार्तिक २७, २०७७

रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ हाम्रो समाजमा । तर यो भ्रम मात्र हो।

‍यौन सम्पर्क गर्दा मादक पदार्थ सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म मादक पदार्थ सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ ।मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलाबिच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ ।

‍मादक पदार्थ सेवन गरेर यौन सम्पर्क गर्नेहरु यौन सम्पर्क मायाको उद्गार र आनन्दको स्रोत हो भन्ने कुरा बिर्सन्छन् । उनीहरु यौन सम्पर्क एक व्यवहार हो र जसलाई पूरा गर्नु कर्तव्य हो भन्ने ठान्छन । वास्तममा यौन सम्पर्क एक कला हो। यसमा पारंगत हुनका लागि व्यक्तिले भरपूर माया दिन र लिन जानेको हुनु पर्छ ।

‍यौन सम्पर्कलाई शरीरको क्रिया मात्र नठानी परस्पर आत्मियता बाढ्ने क्रिया ठान्नु जरुरी छ । रक्सीले व्यक्तिलाई तत्काल उत्तेजना ल्याउने काम बाहेक भावनात्मक काम गर्दैन । यौन सम्पर्क गर्दा एक व्यक्तिले मात्र मादक पदार्थ सेवन गरेको छ भने अर्कोलाई त्यसले सकारात्मक असर गर्दैन ।

‍यदी दुबैले मादक पदार्थ सेवन गरेकाछन् भने पनि यसले क्षणिक बेहोरीपन बाहेक वास्तविक यौन आनन्द प्रदान गर्न सक्दैन । तर कहिले काही कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन। एजेन्सी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर