Aamsanchar

आज धनवन्तरी जयन्ती

Author Image
शुक्रवार, कार्तिक २८, २०७७


देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान धनवन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान धनवन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।

आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद ‘आयु र वेदूगरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ’ आयुको ज्ञानु भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर