Aamsanchar

खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् । शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले बताए ।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको उनले बताए । स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर