Aamsanchar

कार चोरीमा संग्लग्न ४ जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक २८, २०७७
घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी-१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । गत असोज २९ गते राती सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ खनार बस्ने पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा ९ च ३४०३ नम्बरको कार असोज ३० गते मोरङको मंगलवारेमा बेवारीसे अवस्थामा फेला परेको थियो ।
कार फेला परे संगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेका मध्ये प्रदिप चौधरीलाई मिति २०७७।०७।२३ गते राती पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य समानहरु मोवायल, बिभिन्न बैकका ATM कार्डहरु सहित ईटहरी-१२ बाट पक्राउ गरिएको थियो । निजलाई पक्राउ गरिएसंगै उक्त घटनामा संग्लग्न रहेका अन्य ३ जनालाई समेत पक्राउ गरी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर