बिर्तामोड । झापाका एक कम्युनिष्ट नेता कुन्दन भट्टराईको निधन भएको छ ।
केही महिना देखि स्वास्थ्य उपचारर्थ रहनु भएका भट्टराईको आज काठमाण्डौंमा उपचारकै क्रममा निधन भएको परिवारका सदस्यलाई उदृत गर्दै नेकपाका नेता मनकुमार गौतमले जानकारी दिनु भएको छ ।
क्यान्सर रोगबाट पीडित बनेका भट्टराईले स्वास्थ्य लाभ लिन थालिरहेको अवस्थामा कार्तिक २३ गते अचानक स्वास्थ्यमा समस्या बढेपछि थप उपचारको लागि एयर एम्वुलेन्समार्फत काठमाडौं लगिएको थियो ।
झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ निवासी नेता भट्टराई साविक अर्जुनधारा गाउँविकास का पूर्व अध्यक्ष, हाल अर्जुनधारा नगरपालिका वडा नं.५ का वडा सदस्य थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 707