एजेन्सी – अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने भएको छ । यो खोप एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने अनुसन्धानमा पत्ता लगाइएको छ ।
आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार तयार भएको उक्त खोपका लागि भारतीय सरकारको स्वीकृति आवश्यक रहेको छ । ट्रायलमा उक्त खोपको प्रभावकारीता ९७.३ प्रतिशत भएको डा. शर्माले जनाएका छन् ।
उक्त खोप संसारकै पहिलो पुरुष गर्भनिरोधक खोप हुनसक्ने डा.शर्माले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 224