Aamsanchar

नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड

Author Image
शनिवार, कार्तिक २९, २०७७

काँकरभिट्टा। झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा शनिबार सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा संविधान सभा सदस्य रविन कोइरालासहितको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गदैं आउदैं गरेको शुभ दिपावली का अवसरमा देउसी भैलो नाचगानलगायतका भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन , नेपाल संवत ११४१ का अवसर पारेर भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनलगायतका ५ बुँदे सार्वजनिक सूचना जारी गरेको छ ।

साथै कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गदैं छड पर्व घर आगनमा नै कुण्ड बनाएर पूजा गरी मनाउन, नदी खोला र तलाउ पोखरी र जलाशयमा अस्थायी पण्डाल बनाएर यस वर्षको पूजा स्नान नगर्न समेत नगरवासीलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

बैठकले यी लगायत सवै सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको  नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर